४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

संक्रमित अवस्था बुझ्न घरमा

कोरोना संक्रमित होम आइसोलेसनमा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।

अनुगमन तथा संक्रमितको स्वास्थ्य अवस्था बुझ्नका लागि जिल्लामा तीनवटा समूह बनाएर संक्रमित बसेको घर पुग्न थालिएको हो।

मंगबार विहान फिदिम बजार क्षेत्रमा पर्ने वडा नं.१, २ र ४ का घरमा पुगेर संक्रमितहरुसँग कुराकानी गरेको छ। स्वास्थ्यकर्मी सहितको टोली खटिएको हो। संक्रमितको घरमा गएर अनुगमन गर्ने तथा आवश्यक सरसल्लाह दिने कामलाई निरन्तरता दिईने पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए।

जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटाको नेतृत्वमा फिदिम–४, प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा फिदिम–१  र प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारीको नेतृत्वमा टोली संक्रमितको घर पुगेको हो। टोलीमा पाँच जना छन्। टोलीमा वडा अध्यक्ष, सुरक्षा निकाय तथा संघसंस्थाका प्रतिनिधि रहेका छन्।

संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्ने, औषधी, सेनिटाइजर, मास्क उपलब्ध गराउने, बाहिर नहिँड्न अनुरोध गर्ने, आफन्तलाई सचेत गराउने तथा निषेधाज्ञाको अनुगमन गर्ने काम भएको हो। मंगलबारदेखि पाँचथरमा निषेधाज्ञा कडा गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App