coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एकाएक फैलिएको संक्रमण हामीले धान्न सक्ने अवस्था छैन: गाउँपालिका अध्यक्ष

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमण दर व्यापक बढेको छ। गएराती तीन जना सहित दुई सातामा १२ जनाको मृत्यु भएको छ। मृतक सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले बताएका छन्।  

गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने रहेको बताए। ‘तत्काल त्यहाँ प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाउनुपर्छ’ उनले भने। सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ चिकित्सकसहितको टोली आवश्यक रहेको उनले बताए।  

‘त्यहाँ स्थानीयलाई काउन्सिलिङ गर्नुपर्छ, बिरामीलाई घरघरमा गएर जाँच गर्ने, उपचार गर्ने, औषधी बितरण गर्ने गर्नुपर्नेछ’ अध्यक्ष भट्टले भने ‘यसका लागि गाउँपालि पनि तयार छ।’ गाउँपालिकासँग भएको जनशक्ति र क्षमताले त्यहाँको भयावह अवस्था हेर्दा धान्न नसक्ने भएको बताउँदै उनले सचेतनाका कार्यक्रम सहित जानुपर्ने बताए।  

गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि निशुल्क यातायातको व्यवस्था पनि गरेको छ। तर स्थानीयले सेवा लिनै खोज्दैनन्। गाउँमै पुगेर निशुल्क परीक्षण र औषधी बितरण गर्दा पन स्थानीयले चेकजाँचमा चासो देखाएका छैनन्। अहिले बारपाकमा करिब एक हजार भन्दाबढिमा रुघाखोकी र ज्वरोको मिल्दोजुल्दो लक्षण देखिएको छ। तत्काल उपचार नगराउने हो भने मानविय क्षती बढ्ने हुँदा स्वास्थ्य बचाउनमा उपचारमा ध्यान केन्द्रित गर्न र सहयोग गरिदिन अध्यक्ष भट्टले अपिल गरेका छन्।  

प्रकाशित: १३ जेष्ठ २०७८ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App