coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।  

छलफलमा नेपाल र अमेरिका सम्बन्धसँग सम्बन्धित विविध विषय, कोभिड–१९ महामारीसँग सम्बन्धित सहयोग, अन्तर्राष्ट्रिय साझा अजेन्डालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै पक्षकाबीचमा नेपाल अमेरिका सम्बन्धका समष्टिगत विषयमा समिक्षा गर्दै आगामी दिनमा पनि दुईपक्षीय तथा बहुपक्षीय साझा चासोका विषयमा छलफल जारी राख्ने सहमति भएको छ।  

कुराकानीका क्रममा मन्त्री ज्ञवालीले कोभिड १९ सँग सम्बन्धित सहयोगका लागि नेपाल सरकारका तर्फबाट अमेरिकालाई आभार व्यक्त गर्दै अमेरिकी सहयोले नेपालमा कोभिडविरुद्ध लडन सहयोग पुगेको बताएका थिए। कुराकानीमा अमेरिकी उपविदेशमन्त्री शेरम्यानले अमेरिकी सरकारले नेपालको सामाजिक आर्थिक क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन। उनले दुई देशबीचको मित्रताको प्रशंसा गर्दै अमेरिकी सहयोगमा जारी रहेका परियोजनाले नेपालको समृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिइन्।  

छलफलमा दुई पक्षले नेपालमा हुन गइरहेको सगरमाथा संवादलगायतका जलवायु सम्बन्धित क्षेत्रमा सँगै काम गर्ने प्रतिबद्धता जनाएका थिए। त्यस्तै कोभिड पछिको अर्थतन्त्रलाई अघी बढाउन सहकार्य गर्ने विषयमा पनि सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

प्रकाशित: ११ जेष्ठ २०७८ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App