७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

वीरगन्ज महानगरपालिकाले सरकारसँग माग्यो खोप किन्ने अनुमति

वीरगन्ज महानगरपालिकाले सरकारसँग एक लाख डोज खोप किन्नअनुमति मागेको छ । महानगरपालिकाका प्रमुख विजयकुमार सरकारवगीले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडांैलाई एक पत्र प्रेषित गर्दै, नेपाल सरकारले तोकेको ‘प्रोटोकल’ र ‘गाइडलाईन’भित्र रहेर खोप खरिद र प्रयोग गरिने गरी अनुमति प्रदान गर्न माग गरेका हुन् ।  

जनताको जीवनरक्षाका लागि खोप उपयुक्त देखिएको र कोभिड–१९ विरुद्धको लडाईँ जित्नका लागि खोप किन्ने अनुमति मागेको ठानेको नगरप्रमुख सरावगीले बताए । ‘खोपले संक्रमण हुनबाट रोक्छ भन्ने छैन, तर संक्रमित भए पनि प्राण रक्षा गर्न खोपले मद्दत गरेको पाइएको छ,’ सरावगीले भने, ‘सबै नागरिकसम्म खोप पु¥याउने सरकारको तर्फबाट प्रयासहरु चालिएता पनि प्रभावकारी हुन नसकेकोले महानगरपालिकाले नागरिकका लागि चाँडो रुपमा यसको प्रबन्ध गर्न चाहेको छ ।’

संक्रमणको पहिलो लहर आएर जनजीवन समान्यतर्फ उन्मुख भइरहेको बेला दोस्रो लहरले गम्भीर समस्या उत्पन्न गरेको र आम मानिसको जीवन रक्षा अहिले पहिलो प्राथमिकता हुन गएको सरावगीको भनाइ छ ।  ‘समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण लक्षणसहितका संक्रमितको संख्या वढनु, अस्पतालमा आइसियु, भ्यान्टिलेरको अभाव हुनु र सहज रुपमा अक्सिजन आपूर्ति समेत हुन नसक्दा, उपचार पाउँन नसक्दा संक्रमणमा परेका नागरिकहरुको अकालमा ज्यान गुमाउन पुगेको देखिन्छ,’ वीरगन्ज महानगरपालिकाको तर्फबाट नगरप्रमुख सरावगीले मन्त्रालयलाई पठाएको पत्रमा छ, ‘यस्तो अवस्थामा वीरगंज महानगरपालिकाले कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्य लिएको छ । यस कार्यका लागि वीरगंज महानगरपालिकालाई अनुमति दिन र यस सम्वन्धी आवश्यक पर्ने अन्य सहयोग उपलब्ध गराई दिनहुन माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु ।’ खरिद प्रक्रियामा सरकारी मापदण्ड पालना गर्दै चाँडै आपूर्ति गर्न  व्यवस्था मिलाई दिन आग्रह गरेको उनले बताए ।  

प्रकाशित: १० जेष्ठ २०७८ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App