coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पाल्पाको रामपुरले खोप खरिदका लागि सरकारसँग माग्यो अनुमति

पाल्पाको रामपुर नगरपालिकाले पचास हजार खोप खरिदका लागि सक्रियता देखाएको छ। रामपुरले नेपाल सरकारसँग खोप खरिदको अनुमती दिन माग गर्दै पत्र बुझाएको हो।  रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप खरिदका लागि अनुमती दिन आग्रह गरे। 

नगरपालिका आफैले कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि नगरको आफ्नै लगानीमा पचास हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर अनुमती मागेको नगर प्रमुख थापाले बताए। उनी भन्छन्, ‘नगरपालिकाको लगानीमा भारतमा खोप खरिदको प्रक्रिया अगाडि बढाइएको हुँदा खोप खरिद गर्न स्वास्थ्यमन्त्रीसँग अनुमति माग गरेका हौं।’ स्वास्थ्यमन्त्री संगको भेटघाटमा नगर प्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, विकास वजेट र जनप्रतिनिधिहरुको भक्ता कटाएरै भएपनि नगरवासीको लागि पचास हजार खोप खरिद गर्ने जानकारी गराएको बताए।  

नगरप्रमुख थापा भन्छन्, पचास हजार खोप भारतका तीन कम्पनीसंग खारिदका लागि कुराकानी भइरहेको छ, अग्रप्रक्तिमा काम गर्ने नागरिकले यसभन्दा अगाडी नै दोस्रो चरणको खोप लगाइसकेका छन् भने पचास हजार खोपले सबै नगरवासीका लागि खोप लगाउने योजना अनुसार नगर सरकार लागि परिरहेको छ। स्वास्थ्य मन्त्री त्रिपाठीलेसरकारको तर्फबाट केही आर्थिक तथा प्राविधिक सहयोग गरि खोप खरिद तथा भण्डारमा सहयोग गर्ने आश्वासन दिएको रामपुर नगरपालिकाले जनाएको छ। 

प्रकाशित: १० जेष्ठ २०७८ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App