coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मास्कको प्रयोग मात्र हैन गुणस्तर पनि जानौँ

औषधी पसलमा  विभिन्न किसिमको मास्क भेटिन्छन्। सर्जिकल मास्कदेखि एन ९५ मास्क पाइने गरेको छ। रंगमा पनि भिन्नता  छ। नीलो, पहेलो, खैरो, रातो, सेतो, हरियो, आदि किसिमको रंगहरुको मास्कमा पाईने गर्छ। मास्क प्रयोग गर्नेमात्र हैन, हामीले प्रयोग गर्ने मास्कको गुणस्तर  बारेपनि जान्नु उत्तिकै जरुरी  छ।

कोभिडका कारण अनिवार्य रुपमा मास्क लगाउन थालिएकोपनि एक वर्षभन्दा बढी भयो। अहिले  मास्कविना घरबाट निस्कने कल्पना समेत गर्न सकिन्न मास्क दैनिक प्रयोग हुने एक महत्वपूर्ण वस्त्रजस्तै बनेको छ। मास्क लगाउन अनिवार्य भएसंगै बजारमा औषधी पसलदेखि तरकारी पसलमा समेत भेटिन थालेको छ।  

निषेधाज्ञाको समयमा ९ बजेपछि सरकारले अति आवश्यक काम बाहेक रोक लगाएको छ। अहिलेको यस महामारीमा मानिसले आफ्नो र अरुको स्वास्थ्यप्रति सजग हुनुपर्ने समय हो। भिडभाडमा जानु संक्रमणा बढ्नु खतरा हुन सक्छ। त्यसैले बाहिर निस्केकाले अनिवार्य मास्क लगाउने गर्छन्।  

मास्कको मूल्य पनि पसल अनुसार फरक भेटिन्छ। मास्क यति अनिवार्य छ कि मास्क किन्दा हामीले यसको मूल्यमा समेत ध्यान दिदैनौ। त्यस्तै विभिन्न कम्पनीले मास्क आफैँ उत्पादन गर्दै ग्राहकलाई बेच्ने गरिएको देन्छि। ढाका कपडादेखि अन्य विभिन्न आकर्षक कपडाहरुको प्रयोगले मास्कको उत्पादन भइरहेको छ। उपभोक्ताले आफूले किन्ने र प्रयोग गर्ने मास्कमा बढी ध्यान दिन आवश्यक छ।    

औषधी पसलमा विभिन्न किसिमको मास्क भेटिन्छन्। सर्जिकल मास्कदेखि एन ९५ मास्क पाइने गरेको छ। रंगमा पनि भिन्नता छ। नीलो, पहेलो, खैरो, रातो, सेतो, हरियो,आदि किसिमको रंगहरुको मास्कमा पाईने गर्छ। सर्जिकलमात्र नभएर कपडाको मास्क पनि विभिन्न थरिका पाइने गरेको छ। सुरुमा मास्कका बढ्दो माग अनुसार आयात नहुदाँ नेपालमा पनि विभिन्न कम्पनीहरुले मास्कको उत्पादन सुरु गरेको छ। मास्क प्रयोग गर्नेमात्र हैन, हामीले प्रयोग गर्ने मास्कको गुणस्तर बारेपनि जान्नु उत्तिकै जरुरी छ। चिकित्सकका अनुसार सर्जिकल मास्क सबैभन्दा राम्रो हो। दुई वटासम्म सर्जिकल मास्को प्रयोगले सम्पूर्ण सुरक्षा दिने काम गर्छ।  

ब्याक्टेरियल फिल्ट्रेसन इफिसिएन्सी अथवा बिएफई भएको मास्क प्रयोग गर्नुलाई पनि बढी प्रभाबकारी मानिएको छ। यस किसिमको मास्कले हाम्रो मुख र नाकको विशेष सुरक्षा गर्ने गरेको अनुसन्धानले देखाएको छ। हालै सिंगापुरका स्वास्थ्य मन्त्रालयले मास्कको प्रयोगले भाइरसलाई सर्न नदिइ रोक्न मद्धत पुग्ने भन्दै मास्कको प्रयोग गर्दा ‘बिएफइ’ भएको प्रयोग गर्न आह्वान गरेका छन्।  

गुणस्तरिय मास्कको सही प्रयागले हाम्रोे मुख तथा नाकबाट निस्किने थोप्लो अथवा ‘ड्रपलेट’लाई ९५ प्रतिशतसम्म रोक्ने काम गर्छ। अहिले देखिएको भेरियन्ट कडा किसिम भएकाले मास्कको प्रयोग गर्न यस सम्बन्धी मापदण्ड हेरेर प्रयोग गर्न महत्वपूर्ण हुन्छ। हायर फिल्टेशन क्यापाबिलिटि मास्क भनेको के हो ?

हायर फिल्ट्रेसन क्यापाबिलिटि मास्कको क्षमता हो। यस किसिममको मास्कले हाम्रो स्वासप्रसासमा जाने सार्स, कोभिड जस्ता सरुवारोगको ब्याक्टेरिया तथा भाइरसको थोप्लालाई हाम्रो शरिरमा  नाक तथा मुखको माध्यमबाट  जान रोक  लगाउने काम गर्छ।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App