८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वाणिज्य संघद्वारा जिल्ला अस्पताललाई थप अक्सिजन सिलिण्डर प्रदान

ताप्लेजुङ उद्योग वाणिज्य संघले थप १७ थान (वटा) अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ। जिल्लामा कोरोना सक्रमण दर तीव्ररुपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा संघले मंगलबार उक्त अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो।

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी लगायतका पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरिएको हो। वाणिज्य संघले यसअघि गएको शुक्रबार ८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो।  

उद्योगी, व्यापारी लगायतका दाता र प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई र प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहितको सहयोगमा २ पटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको  संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए। जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित भएका विरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App