coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महानगरको आइसोलेसनलाई सहकारीले दियो एम्बुलेन्स

विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनलाई पोखरीया बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स प्रदान गरेको छ। आइसोलेसनमा कोरोनाका बिरामी ल्याउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको सो सहकारी संस्थाले जनाएको छ।  

विराटनगर महानगरपालिकाले वडा नं. १ मा सुविधासम्पन्न आइसोलेसन सञ्चालनमा ल्याएको छ। ५१ वेड क्षमताको एसीसहितको अत्याधुनिक आइसोलेसनमा हरेक बेडमा अक्सिजन, अक्सीमिटर, डिजिटल थर्मोमिटर, बाफलिने मेसिन, तातोपानी, मापदण्डअनुसार खाजा, खाना र २४ सै घण्टा मेडिकल अफिसरको व्यवस्था गरिएको छ।

विराटनगर महानगरपालिका क्षेत्रभित्र र  प्रदेश १ का विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै विराटनगरका अस्पतालहरूमा बेड अभाव भइरहेको छ। ठूला अस्पतालमा बेड नपाइएको अवस्थामा अक्सिजन आवश्यक भएका विरामीलाई सेवा प्रदान गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले सुविधा सम्पन्न आइसोलेसन सञ्चालनमा ल्याएको हो।

चिकित्सकसहितको आइसोलेसन सञ्चालनमा ल्याएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । उनले भने, ‘मानव जीवन रक्षा गर्ने उद्देश्यले आपतकालिन् अवस्थामा उपयोग गर्ने गरी आइसोलेसन सञ्चालनमा ल्याइएको हो।’

प्रकाशित: ३ जेष्ठ २०७८ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App