७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भक्तपुरमा भेरोसेल दोस्रो खोप : कतै सुरु कतै बाँकी

भक्तपुरको सूर्यविनायक नगरपालिका भोलि मंगलबार ४ गतेबाट भेरोसेल दोस्रो खोप लगाउन सुरु हुँंदैछ । त्यस्तै बुधबार ५ गतेबाट चाँगुनारायण नगरपालिकामा र भक्तपुर नगरपालिकामा ६ गते बिहीबारदेखि लगाइँंदैछ । जिल्लाका चार वटामध्ये मध्यपुर थिमि नगरपालिकाले भने हिजो वैशाख २ गते आइतबारबाट नै खोप लगाउन सुरु गरिसकेको अवस्था छ ।  

सूर्यविनायक नगरपालिकाको ९ वटा स्थानबाट खोप वितरण गर्ने जनाइएको छ । खोप विहान १० बजेदेखि ३ बजेसम्म वितरण गर्ने जनाइएको छ । नगरपालिकाले पूर्व सूचित गरे अनुसार नै खोप वितरण हुनेछ । ४ गतेदेखि ११ गतेसम्म खोप वितरण गर्ने जनाइएको छ ।  

चाँगुनारायण नगरपालिकामा ५ गतेदेखि १३ गतेसम्म खोप वितरण हुने जनाइएको छ । चागुनारायणमा १० वटा स्थानबाट खोप वितरण हुनेछ । यहाँ पनि १० बजे देखि ३ बजेसम्म खोप वितरण हुनेछ ।

यता भक्तपुर नगरपालिकामा ६ गतेदेखि १७ भेरोसेल दोस्रो खोप वितरण हुने जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले बताए । १० वटा स्थानबाट भेरोसेल खोप वितरण हुने लासिवाले जनाए । एउटा वडामा एकवटा खोप केन्द्र हुने गरी तयार पारिएको उनले बताए ।  

उनले भीडभाड हुन नदिनको लागि एउटा खोप केन्द्रमा १२ जनाको टोली हुने सुनाए । दुई जना खोप लगाउने स्वास्थ्यकर्मी, ४ जना नाम टिप्नेको लागि र ६ जना लाइन व्यवस्थापनको लागि व्यवस्था गरिएको उनी सुनाउँछन । साथै नगरपालिकाले निकालेको सूचना अनुसार खोप वितरण हुने उनले जानकारी गराए । भीडभाड हुने देखिएमा कुपन सिस्टम गर्ने योजना रहेको उनले बताए । भीडभाड भएन, खोप लगाउन आउने भएन भने वडाका जनप्रतिनिधिहरुले खोप लगाउने बोलाउन जाने योजना रहेको उनले बताए । साथै बाकी १८ र १९ गते केही कारणले छुटेकाहरुलाई खोप लगाइने उनी सुनाउँछन् ।

मध्यपुर थिमि नगरपालिकामा भने जेठ २ गतेदेखि खोप दिन सुरु गरेको थियो । त्यहाँं ८ स्थानबाट खोप वितरण भइरहेको छन् । कुपन सिस्टमबाट दिनको एक खोप केन्द्रबाट जम्मा एक सय जनालाई मात्र खोप वितरण गरिरहेको छ । खोप केन्द्रमा जम्मा १० जनासम्म मात्र व्यक्तिहरु बस्न अनुमति दिएएको छ । हिजो आइतबार पहिलो एक दिनमा ७ सय ६० जनाले दोस्रो खोप लिइसकेको तथ्यांक छ । पहिलो खोप करिव चार हजार पाँच सय जनालाई वितरण गरेको थियो । त्यसकारण १० दिनमा एक खोप केन्द्रबाट सय जनाले मात्र लगाए पनि सक्ने जनाइएको छ ।

जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये यसअघि पहिलो पटकको खोप भक्तपुर नगरपालिकामा लगाउनेहरु वढी थिए । भेरोसिल पहिलो खोप त्यहाँं २१ हजार ७ सय ४४ जनाले लगाएका थिए । त्यसपछि क्रमशः चागुनारायण, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकामा खोप धेरैले लगाएको तथ्यांक छ ।

प्रकाशित: ३ जेष्ठ २०७८ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App