८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

उदयपुर अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर

अक्सिजन सिलिण्डर अस्पताललाई बुझाउँदै प्रहरी । तस्बिरः महेश्वर

अक्सिजनको अभावमा देशका बिभिन्न अस्पतालमा कोभिड संक्रमितको अकालमै ज्यान गईरहेका बेला उदयपुर अस्पतालले ४१ थान सिलिण्डर प्राप्त गरेको छ । जिल्ला प्रहरीले संकलन गरेको २४ थान खाली र १७ थान भरी अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई आईतबार बुझाएको हो ।  

ती सिलिण्डर बजारका बिभिन्न ठाउँबाट संकलन गरेर अस्पताललाई बुझाइएको प्रहरीले जनाएको छ । कसैसँग खाली वा भरी अक्सिजन सिलिण्डर भए अस्पताललाई बुझाउन सरकारले गरेको निर्देशन अुनसार बिभिन्न व्यक्ति तथा संस्थाबाट ती सिलिण्डर संकलन भएको हो ।  

उदयपुर अस्पतालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पताल र जिल्ला कोभिड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले प्रयास गरिरहेको छ । यही क्रममा व्यक्ति र संस्थासँग भएका खाली तथा भरी सिलिण्डरको संकलन गरेर अस्पताललाई बुझाइएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।  

यो सँगै उदयपुर अस्पतालमा अक्सिजनको समस्या हाललाई टरेको छ । अस्पतालसँग २५ थान सिलिण्डर यसअघि थियो । जसबाट अस्पताल भनाई भएर उपचाररत ५ जनामध्ये ३ जना संक्रमितलाई अक्सिजन दिएर उपचार भईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले बताए ।  

चौदण्डीगढी ६ को बेलटारस्थित उदयपुर कोभिड अस्पतालमा १२ थान, बेलटार नगर अस्पतालमा १० थान, लिमचुङको बाराहास्थित गाउँ अस्पतालमा ५ थान र कटारी नगरपालिकामा ३ थान सिलिण्डर पनि मौज्दात रहेको जनाइएको छ । त्यसबाहेक नीजि अस्पतालहरुमा पनि धेरथोर अक्सिजन सिलिण्डरको जोहो रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७८ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App