coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रौतहटमा एकैदिन १० संक्रमितको मृत्यु

रौतहटमा दश संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमितको एकै दिनमा मृत्यु भएको यो सबैभन्दा बढी हो।

पछिल्लो २४ घन्टामा गौर ४ टिकुलियाका ७० वर्षीय जयराम गिरी, बौधीमाई ४ की ४० वर्षीया हास्मा तारा, फतुवा विजयपुर ३ का ५० वर्षीय असर्फी बैठा, गढीमाई ५ का ४८ वर्षीय फेकन ठाकुर, चन्द्रपुर ८ का ४० वर्षीय धर्मराज राम, फतुवा विजयपुर ८ का ४० वर्षीय अबध बिहारी राउत, गौर १ का ५४ वर्षीय इजाजुल मिया, माधव नारायण १ का ५६ वर्षीय नन्दलालप्रसाद साह, गरुडा ५ महम्मदपुरका ५३ वर्षीय मोतिलाल साह कलवार र बौद्धिमाई ७ की ३५ वर्षीया विध्यवति देवी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रकाशित: १ जेष्ठ २०७८ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App