७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डब्ल्यूएचओ भन्छः नेपालकाे अवस्था चिन्ताजनक, आपत्कालीन सहयोगकाे आवश्यक

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाललाई यस्ताे भयावह अवस्थामा आपत्कालीन सहयोगकाे आवश्यक रहेको बताएका छन्।  

डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।

डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने डा.गेहब्रेयससले बताए।

प्रकाशित: १ जेष्ठ २०७८ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App