१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

काठमाडौं उपत्यकामा २ लाख बढी संक्रमित: ७२.७ प्रतिशत निको, ०.७६ प्रतिशतको मृत्यु

काठमाडौं उपत्यकाका तीन जिल्लामा नयाँ भेरियन्टको कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा २ लाख १ हजार ७ सय ७७ जना कोभिड १९ संक्रमित भइसकेका छन्।

उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी छन्। तथ्यांकअनुसार काठमाडांमा १ लाख ५८ हजार ९ सय ९१ जना संक्रमित रहेका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः १५ हजार ९ सय ३ र २६ हजार ८ सय ८३ जना रहेका छन्।

त्यस्तै संक्रमितमध्ये ७२ दशमलव ७ प्रतिशत संक्रमणमुक्त भएका छन्। हालसम्म उपत्यकामा १ लाख ४६ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेहरुमध्ये काठमाडौं उपत्यकाका १ लाख २० हजार ४ सय ८४, भक्तपुरका १ हजार ८ सय ३ र ललितपुरका १९ हजार ५ सय ३९ जना रहेका छन्।

हालसम्म काठमाडौं उपत्यकाका १ हजार ५ सय ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सो मृत्युदर ० दशमलब ७६ प्रतिशत हो।

मत्यु हुनेमा काठमाडौंका १ हजार ५५, भक्तपुरका २ सय ९ र ललितपुरका २ सय ८३ जना रहेका छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App