७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

सिन्धुलीको एक गैर सरकारी संस्थाले कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि स्वाास्थ्य सामग्री उपलब्ध गराएको छ। जिल्लास्थित सिड्स नेपाल नामक गैरसरकारी संस्थाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।  

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत् जिल्ला अस्पताल, कोभिड अस्पताल नेपाली सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र पत्रकार महासघ सिन्धुलीको लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको सिड्स नेपालका अध्यक्ष दिपककुमार घिमिरेले जानकारी दिए । उनका अनुसार  कोभिड अस्पताल सिन्धुलीलाई वाटर डिस्पेन्सरी ५ थान, डिस्पोजेबल माक्स ५०० पिस, सेनिटाइजर १०० एमएलसीको ५० थान र अक्समिटर थान पिस उपलब्ध गराएको छ।

यस्तै जिल्ला अस्पताल सिन्धुलीलाई वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेबल माक्स ५०० थान, १०० एमएलको  सेनिटाइजर ५० थान र अक्समिटर २ थान स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारीमार्फत् उपलब्ध गराएको संस्थाले जनाएको छ।

यसैगरि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका लागि वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेबल माक्स ५०० थान, १०० एमएलको  सेनिटाइजर २५ थान र ५०० एमएलको ३ थान स्वास्थ्य सामग्री उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

यस्तै जिल्लास्थित सञ्चारकर्मीलाई माक्स ५०० थान र १०० एमएलको स्यानिटाइजर २५ थान उपलब्ध गराएको छ।  यस्तै नेपाली सेना प्रहरीको लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष दिपककुमार घिमिरेले बताए। घिमिरेका अनुसार कोभिड अस्पताललाई मध्यनजर गरी संस्थाले अक्सिजन सिलिण्डर समेत उपलब्ध गराएको छ।

प्रकाशित: १ जेष्ठ २०७८ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App