७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

१५ दिनअघि बुवाको मृत्यु, छोरा बुहारी पनि रहेनन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका १ सिनाम पुख्र्यौली घर भइ हाल संघीय राजधानी कपन बस्दै आएका एकैघरका तीन सदस्यको मृत्यु भएको छ।

कपन बस्दै आएका ३५ वर्षीय दीपक थेबेको शुक्रवार बिहान कोरोनाका कारण मृत्य भयो। उनकी ३३ वर्षीया श्रीमती रोश्तीको बिहीबार मृत्य भएको थियो। सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमका अनुसार अन्दाजी ६० वर्षीय बुबा राजकुमार थेबेको १५ दिन अघि मृत्यु भएको थियो।  

गौतमका अनुसार छोरा दीपक बिरामी भइ अचेत अवस्थामा अस्पतालमा भर्ना भएकै बेला बाबु राजकुमारको मृत्यु भएको थियो। १५ दिन अघि बाबु,एकदिन अघि श्रीमती र भोलिपल्ट श्रीमानको मृत्युको यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ।  

रंगनाथको मृत्यु पनि कोरानाबाटै

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका उपाध्यक्ष रंगनाथ भट्टराईको समेत कोरोनै कारण ज्यान गएको छ। भट्टराईको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रवार बिहान निधन भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०७८ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App