coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा १५ जनालाई संक्रमण पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो

खोटाङमा एकैदिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको एन्टिजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

यसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १५ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना सक्रिया संक्रमित छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एकजना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। संक्रमितमध्ये ८३ जना होम आइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका दुई संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएपछि अक्सिजन दिनका लागि आइसोलेसनमा राखिएको मेयर इवन राईले बताए।  

यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका एकै गाउँका पाँच जनालाई संक्रमण पुष्टि भएपछि २५ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको छ। बुधबार गरिएको ६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनाको पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर बिहीबार विराटनगर पठाइएको हो।  

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।

प्रकाशित: ३० वैशाख २०७८ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App