coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा थप एकसाता निषेधाज्ञा लगाउन सिफारिस

उदयपुरमा थप एकसाता निशेधाज्ञा लगाइने भएको छ। जिल्लामा कोभिड संक्रमितहरुको संख्या बढ्न थालेपछि गत २५ गते मध्यरातिदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको अवधि शुक्रबार सकिँदैछ।  

जिल्ला कोभिड संकट व्यवस्थापन कन्द्र (डिसिसिएमसी)ले सातादिनसम्म संक्रमित संख्या बढ्ने क्रम नरोकिएपछि निषेधाज्ञा थप्न सिफारिस गरेको हो। बिहीबार बसेको बैठकले दिनहुँ संक्रमित बढ्ने क्रम नरोकिएको भन्दै थप एकसाता निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।  

डिसिसिएमसीको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरिरहेको उनले बताए।

उदयपुरमा बुधबार साँझसम्म २ सय ७९ संक्रमित देखिएका छन् । जसमध्ये १ सय १८ महिला र १ सय ६१ पुरुष रहेका छन्। अहिले उदयपुर कोभिड अस्पताल बेलटारको आईसोलेसन सेन्टरमा २२ जनाको र केहीको बिराटनगर, धरान र काठमाडौंमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

हालसम्म २ महिलासहित ४ जना निको भएर घर फर्केका छन् भने ३ महिलासहित ७ जनाको ज्यान गएको छ। 

प्रकाशित: ३० वैशाख २०७८ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App