coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ का सबै अस्पतालमा कोरोना उपचारको व्यवस्था गर्न निर्देशन

प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरू गर्न प्रदेश सभाको सामाजिक  विकास समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको प्रदेशसभाको सामजिक विकास समितिको बैठकले प्रदेश १ का सबै जिल्ला अस्पतालमा कोरोनाको उपचार सुरू गर्न निर्देशन दिएको हो ।  

सुनसरी जिल्ला अस्पताल इनरुवा, धनकुटा, पाँचथर, संखुवासभा र उदयपुरका जिल्ला अस्पतालमा पूर्वाधार तयार रहेकाले तत्काल कोभिड उपचार सेवा सुरू गर्न र अन्य जिल्लाका अस्पतालमा पूर्वाधार तयार गरी उपचार सेवा सुरू गर्न निर्देशन दिएको सामाजिक विकास समितिकी सभापति सरिता थापाले जानकारी दिइन् । उनका अनुसार समितिले  प्रदेशको नियमन अधिकार  क्षेत्रका सबै निजी अस्पतालमा कोरोनाको उपचार सेवा सुरू गर्न निर्देशन दिएको छ ।

 प्रदेश सरकारले निर्माण गरेको कोशि कोभिड अस्पताल बन्द रहेको र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ सय ५० वेड मध्ये ३० वेड मात्रै सञ्चालनमा रहेकाले पूर्ण क्षमतामा दुबै अस्पताल सञ्चालन गर्न सामाजिक विकास मन्त्रीलाई निर्देशन दिएको छ । 

स्थानीय  तहहरूको सहकार्यमा आइसोलेसन र होल्डिङ सेन्टर बनाउने, सीमानाका थप व्यवस्थित बनाउने, अक्सिजन आपूर्ति व्यवस्थित बनाउन २४ सै घण्टा विद्युत आपूर्ति सहज बनाउन निर्देशन दिएको छ । सबै नागरिकलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन, पहिलो डोज लगाएकालाई दोस्रो डोज खोपको व्यवस्था गर्न, अनुगमनका क्रममा विएण्ड सि र विराट मेडिकल कलेजले अनुचित धरौटी लिइरहेकाले निजी अस्पतालले धरौटी लिन नपाउने व्यवस्था गर्न पनि सामाजिक विकास समितिले निर्देशन दिएको छ ।  

प्रकाशित: २९ वैशाख २०७८ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App