coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश मन्त्रीद्वारा कोभिड अस्पतालको निरीक्षण

प्रदेश सरकारले सर्लाही र रौतहटका लागि कोरोनाको उपचारमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी दिएका मन्त्री रामनरेश यादवले रौतहटमा संचालनमा रहेका कोरोना अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।  

सदरमुकाम गौरस्थित गौर अस्पताल तथा नर्सिंग क्याम्पसमा मंगलवारदेखि संचालनमा आएको अर्को अस्थायी कोभिड अस्पतालको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले जिल्ला अस्पतालमा आवश्यक पर्ने जनशक्ति तत्काल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनशक्तिको अभावमा जिल्ला अस्पतालमा निकै समस्या भइरहेको गुनासो सुनेपछि मन्त्री यादवले प्रदेश सरकारले यथाशक्य चाँडो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुनु ।

मन्त्री यादवले प्रदेशको आठ वटै जिल्लामा कोरोनाको कहर देखिएको बताउँदै संघीय सरकारको समन्वयमा दक्ष चिकित्सकको व्यवस्थापन गरिने र अन्य समस्या समाधानको लागि प्रदेश सरकारले तत्काल पहल गर्ने बताएका छन् ।  

मन्त्री यादवसित जिल्लाका सुरक्षा निकाय तथा चिकित्सकहरुको टोलीले कोभिड अस्पतालको अवस्था र बिरामीको बढ्दो चापबारे जानकारी गराउँदै समस्या समाधानका लागि छलफल गरेका थिए ।

प्रकाशित: २८ वैशाख २०७८ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App