coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानमा थप ३ जना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती थप ३ जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार मत्यु हुनेमा तीनै जना पुरुष हुन्। ती मध्ये एक जना मोरङका हुन् भने २ जना सुनसरीका हुन्। 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मोरङको विराटनगर १४ का ४८ वर्षीय पुरुषको हिजो (सोमबार) राती ९ बजे निधन भएको थियो। उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी थिए। मृतक अस्थमाका विरामी थिए। 

यस्तै, सुनसरीका कोशी गाउँपालिका १ का ४३ वर्षीय पुरुषको पनि राती ९ बजेर ५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा १६ गते भर्ना गरिएको थियो।

यसैगरि, राती करिब १२ बजेर ४८ मिनेटमा उपचारको क्रममा सुनसरी, धरानका थप अर्का संक्रमितको निधन भएको छ । धरान ३ का ४३ वर्षीय पुरुषको निधन भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । मृतक वैशाख २० गते उपचारको लागि प्रतिष्ठानमा भर्ना भएका थिए। उनलाई वैैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक तीनै जनाको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७८ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App