coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रहरीले गोरखामा ६४ थान अक्सिजन सिलिण्डर जम्मा गर्‍यो

अक्सिजन सिलिण्डर जम्मा गर्दै प्रहरी ।

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ। ३६ वटामा अक्सिजन पूरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए।  

गोरखा सदरमुकामको निरुप सप्लायर्सबाट १५ वटा ठूलो र १९ वटा सानो सिलिण्डर जम्मा गरिएको छ। उक्त सप्लायर्सले उद्योग कलकारखाना, ग्यारेज र बिरामीलाई पनि सिलिण्डर उपलब्ध गराउँदै आएको थियो। कोरोना संक्रमितको उपचारमा प्रयोग नभएका सिलिण्डर मेडिकलहरुबाट पनि लिइएको डिएसपी दाहालले बताए।  

गोरखा सदरमुकाममा उपचार बाहेकमा प्रयोग भएका एकसय भन्दाबढि ठूलो सिलिण्डर रहेको अनुगमन गरिएको छ। प्रहरीले कसको कति केजीको सिलिण्डर हो भन्ने रेकर्ड राखेर माग्ने नभए जफत गर्ने जनाएको छ। त्यसरी संकलन भएको सिलिण्डर गोरखा अस्पताललाई बुझाउने प्रहरीले जनाएको छ।  

सोमबार बिहान बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले उपचार बाहेकमा प्रयोग हुने सिलिण्डर बुझाउन सूचना पनि जारी गरेको छ। कोरोनाको जोखिम बढेको र अक्सिजनको माग धेरै भएकाले सिलिण्डर खोजी भएको हो। उद्योग, जलविद्युत आयोजनाहरुसँग पनि सिलिण्डर माग गरिएको छ।

प्रकाशित: २७ वैशाख २०७८ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App