८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

फाइल तस्बिर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।  प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।  

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार हिजो राती ७ बजे मोरङको विराटनगर ८ का ५८ वर्षीय पुरुषको निधन भएको थियो। उच्च रक्तचापका विरामी उनलाई कोभिड पोजेटिभ भएपछि नोबेल मेडिकल कलेजले रिफर गरेको थियो। उनलाई वैशाख १० गते कोभिड पुष्टि भएको थियो भने सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।  

यसैगरि, हिजो राती १० बजे सुनसरीको इटहरी २ का ५८ वर्षीय पुरुषको पनि निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ। उनलाई वैशाख १९ गते संक्रमण पुष्टि भए पछि सोही दिन प्रतिष्ठानको कोभिड अस्तालमा भर्ना गरिएको थियो।

यस्तै, राती १२ बजे विर्तामोड ५ झापाका ६२ वर्षीय वृद्धको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उच्च रक्तचाप, मधुमेहलगायत दीर्घ रोग भएका उनलाई वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। मृतक तीनै जनाको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने कार्य भइरहेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए।

प्रकाशित: २७ वैशाख २०७८ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App