७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अर्घाखाँची अस्पतालमा एचडियु सेवा

अर्घाखाँची अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।  

जिल्लामै संक्रमितको उपचार सहज गराउन छोंटो समयमै भवन निर्माण गरेर एचडियु सेवा सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ। संक्रमण पुष्टी भएका १४ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची–जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार रकम उपलब्ध गराएको छ।  

सम्पर्क समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा उक्त रकम नेपाल पत्रकार महासंघ अर्घाखाँची मार्फत अस्पताललाई हस्तान्तरण गरिएको छ।

प्रकाशित: २६ वैशाख २०७८ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App