coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रौतहटमा कोरोना संक्रमण कारण ज्यान गुमाउनेहरुको संख्या बढ्दो

रौतहटमा कोरोना संक्रमण कारण ज्यान गुमाउनेहरुको संख्या लगातार बढिरहेको छ। शनिबार थप दुईको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या चौध पुगेको छ। शुक्रबार पनि दुई जनाको मृत्यु भएको थियो।

पछिल्ला दुई दिनमा राजदेवी नगरपालिका ५ पताहीकी ३६ वर्षीया अर्चनाकुमारी सिंह, राजपुर नगरपालिका १ बहुअर्वाका ६० वर्षीय भागिरथ साह, गौर नपा ९ का ५५ वर्षीय रामदिनेश साह र राजदेवी नपा ६ कटरवनका ६५ वर्षीय लक्ष्मीनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसअघि गौर नपाका जगदीश बैठा र चन्द्रीका प्रसाद साह, माधवनारायण नपाका कृष्णादेवी साह, दुर्गा भगवती गापाका बालकिशोर सिंह र पवनदेवी साह, गढीमाई नपाका वेदप्रकाश साह र विनोद कर्ण, फतुवा विजयपुर नपाका राजेन्द्र प्रसाद यादव, कटहरिया नपाकी सोनिया देवी तथा चन्द्रपुर नपाका दुर्गाबहादुर नेवारको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

यसैबीच शनिबार रौतहटको जिल्ला अस्पताल गौरमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणमा ४१ र एन्टिजेन परीक्षणमा ७ जना कोरोना संक्रमित पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ।  

शनिबार संक्रमित देखिएकामध्ये गौर नपाका १२, राजपुरका पाँच, पहोराका पाँच, गरुडाका चार, गढीमाईका चार, कटहरिया र चन्द्रपुरका तीन तीन, देवाही गोनाहीका दुई तथा वृन्दवान, माधवनारायण, ईशनाथ, मौलापुर, फतुवा विजयपुर, राजदेवी नगरपािलकाका एक एक जना रहेका छन् ।

यसैगरी बाराको महागढीमाई नपा र देवताल गापाका एकएक जना र सर्लाही हरिवनका एक जना रहेको जिल्ला अस्पताल गौरले जनाएको छ।  

प्रकाशित: २५ वैशाख २०७८ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App