coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

कोरोना संक्रमित बिरामीलाई सयममै अक्सिजन दिन नसक्दा भक्तपुरमा दुईजनाको मृत्यु भएको छ। भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनालाई दिँदै गरेको अक्सिजन सकिएपछि मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको बताए।  

अक्सिजन सकिन लागेको खबर अगाडि नै भए पनि अक्सिजन खोज्दाखोज्दै नपाएर अक्सिजन नहुँदा भक्तपुर नगरपािलका वडा नं ९ कमलविनायक मालपोतका ४९ वर्षीय तुल्सीराम लेवा र अर्का एकजनाको मृत्यु भएको थियो।

उपचाररत तुल्सीरामको अस्पतालमै र अर्का एकजनाको अर्काे अस्पताल लैजाँंदालैजाँंदै बाटौमै मृत्यु भएको जनाइएको छ।  

यसैबीच उनीहरुको ज्यान गुमेपछि पीडित परिवारले क्षतिपूर्तिको माग गरेका छन्। क्षतिपूर्तिको मागपछि पीडित परिवार र अस्पताल प्रशासनबीच शुक्रबार तीन बुँंदे सहमति भएको छ।

प्रकाशित: २४ वैशाख २०७८ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App