coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोभिड–१९ का कारण जिल्ला अस्पतालको नियमित सेवा प्रभावित

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले नियमित सेवालाई खुम्च्याएको छ। अस्पतालमा हुने अधिक भिडभाड रोक्नका लागि अस्पतालले अतिआवश्यक बिरामीलाई मात्र सेवा प्रदान सुरु गरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले जानकारी दिएका छन्।  

सोमबारदेखि बहिरंग विभाग (ओपिडी) बिहान १० बजेदेखि १२ बजेसम्म खुलाउन सुरु गरिएको, सुगर, प्रेसर, दम लगायतका दिर्घ रोगीहरुको नियमित रगत जाँच बन्द गरिएको अस्पतालले जनाएको छ। अस्पतालको सेवा सिमित हुँदा दिर्घ रोगी मारमा परेका छन्। 

प्रकाशित: २१ वैशाख २०७८ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App