coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेद अस्पतालद्वारा पत्रकार महासंघलाई औषधि

कपिलवस्तु आयुर्वेदिक स्वास्थ्य केन्द्रले पत्रकार महासंघ कपिलवस्तु शाखालाई आयुर्वेदिक औषधि प्रदान गरेको छ। कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्न सहयोग गरी प्रतिरोधात्मक क्षमता बढाउने खोलको आयुर्क्वाथ नामक आयुर्वेदिक औषधि प्रदान गरेको हो।  

कपिलवस्तु आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख तथा डाक्टर प्रबेश श्रीवास्तवले महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यलाई सो औषधि हस्तान्तरण गरेका थिए। उनले नेपाल पत्रकार महासंघ कपिलवस्तुमा आबद्ध रहेका सय जनालाई पुग्ने गरी सो औषधि प्रदान गरेका हुन्। औषधिमा गुर्जो, त्रिकुट, यष्ठिमधु र सुदर्शन चुर्णको समिश्रण रहेको डाक्टर श्रीवास्तवले बताए। यो औषधिको नियमित सेवनले शरीरमा रोगसंग लड्ने क्षमताको बिकाश हुने र शरीरलाई फाईदा पुग्छ। 

पत्रकार महासंघका जिल्ला अध्यक्ष बज्राचार्यले डाक्टर श्रीवास्तवलाई महासंघलाई औषधि दिएकोमा धन्यवाद दिँदै आपसी सहकार्य र समन्वयमा अघि बढ्ने बताए।

प्रकाशित: २० वैशाख २०७८ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App