coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा अक्सिजनसहितको आइसोलेसन बेड

क्याप्शन

कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ। कपिलवस्तु नगरपालिका र कपिलवस्तु अस्पतालको सहयोगमा अस्थायी कारोना अस्पतालका स्वास्थ्यकर्मीको निगरानीमा रहने गरी सो बेड संचालन गरिएको हो।  

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह र कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडे र ब्यवस्थापक रत्नाकर शुक्लाको बिशेष सहयोगमा महासंघको भवनमा सो संचालन गरिएको महासंघका शाखा सभापति किरणमान बज्राचार्यले बताए। महासंघको केन्द्रीय कार्यालय र प्रदेशले आफ्नै आइसोलेसन तयारी गर्न परिपत्र गरेको थियो। 

आइसोलेसनले फ्रन्टलाईनमा खट्ने पत्रकाहरुको उपचारमा सहजता थप्ने पत्रकार महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीले बताए। उनले कपिलवस्तु शाखाले बेलैमा आइसोलेसन तयार गरेर सराहनीय कार्य गरेको बताए। मेयर किरण सिंहले आइसोलेनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। 

प्रकाशित: २० वैशाख २०७८ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App