coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति अभावमा भेन्टिलेटर ९ महिनादेखि थन्कियाे

उदयपुरमा संक्रमणको उच्च जोखिम

उदयपुर अस्पतालमा ९ महिनाअघि जडान गएिको भेन्टिलेटर। तस्विरः महेश्वर/नागरिक

दोस्रो कोभिड भेरिएन्टका संक्रमितहरु भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भईरहेको समाचार आईरहँदा उदयपुर अस्पतालमा भने झण्डै वर्ष दिनअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका छन्। पहिलो कोभिडकै विरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा गत भदौ पहिलो साता उदयपुर अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराले जालो हानिसकेको छ।  

पहिलो कोभिडकालको सुरुमा ७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ संक्रमित फेला परेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ कहलिएको थियो। त्यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरीकै प्रमुख संक्रमणस्थलमा गरिएको उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि सरेको थियो। जस अनुसार प्रदेशबाट प्राप्त एक करोड रुपैंयाबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलले बताए।

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरु अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल बताउँछन्। कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था पनि हुन नसकेर सेवा सुचारु हुन सकेको उनको भनाई छ। एक करोड लगानीमा ९ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नु परेको छ। गम्भिर खाले काभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटरको अव काम आउने प्रवल संभावना भए पनि जनशक्तिले भने जुटाउनै नसकिएको डा.मण्डले बताए।

अहिले कोभिड भेरिएन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुचारु गर्न डिसिसिएमसी र अस्पताल विकास समितिले पहल थालेको तर, जनशक्ति पाउने संभावना नभएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए। उनका अनुसार आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट उपलब्ध शनिबारको डिसिसिएिमसी बैठकमा कुरा उठेपछि बैठकस्थलबाटै प्रदेश सरकारलाइ सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आएको छ।

जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्ग परियारले पनि जनशक्ति जुटाउन हम्मे भएकोले भेन्टिलेटर सुचारु गर्न कठिनाई भएको बताए। हाल बढ्दो संक्रमलालाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्न प्रवन्ध मिलाउने प्रयास भने भईरहेको उनले बताए। सकेसम्म कन्सल्टेन्ट डा.को खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर काम चलाउ सेवा दिलाउन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल भईरहेको परियारले बताए।

अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालनमा ल्याउन सके जारी कोभिड कहरमा संक्रमितले जिल्लामै उपचार पाउनसक्ने छन्। त्यसप्रति गम्भिर भएर भेन्टिलेटर सुचारु गराउन  स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। सामान्य कोविड संक्रमितलाई आईसोलेसनमा उपचार गर्न भने ६ महिनाअघि नै जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बेलटारमा उदयपुर कोविड अस्प्ताल सञ्चालनमा आईसकेको छ। त्यहाँ हाल आधादर्जन पुरुष संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित: १९ वैशाख २०७८ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App