coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेर्‍हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार विराटनगरमा बिहीबार ९७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४६ जना महिला र ५१ पुरुष छन्। मोरंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीयतह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा२, तेर्‍हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ। 

संक्रमितमध्ये २९ हजार ९ सय ३२ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ६ सय ६६ जना छन्। प्रदेश १ मा बिहीबार ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७८ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App