coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।  

मसेलका ७९ बर्षका पुरुषको चितवन मेडिकल कलेजमा स्वासप्रश्वास सम्बन्धी समस्याको उपचारको क्रममा कोभिड पुष्टि भएको भिमसेन थापा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए। उनको मसेलस्थित घरमै मृत्यु भएको हो।  

उपचारको क्रममा खटिएका उनका दुईछोरा किरिया बसेका छन् भने शव व्यवस्थापनमा खटिएका १५ जनाको पनि अवस्था हेरेर पिसिआर परीक्षण गरिएको छ।  

त्यस्तै मंगलबार मृत्यु भएका गोरखा नगरपालिका १४ एङ्कोटका ५५ बर्षका पुरुषमा सोमबार मात्रै कोरोना पुष्टि भएको थियो। उनीहरुको घरमा पसल पनि रहेको उनको परिबार दूध बेच्न पनि हिड्ने गरेकाले कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०७८ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App