८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप १ हजार २८१ जनामा कोरोना, ८ को मृत्यु

नेपालमा २४ घण्टामा १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ। गत २४ घण्टामा देशभर ७ हजार १ पीसीआर र ५४७ एन्टिजेन परीक्षण भएको छ।

मन्त्रालयका अनुसार सोमबार २५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ५५५ पगेको छ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ।

प्रकाशित: ६ वैशाख २०७८ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App