१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा शनिबार  ३९ जना कोरोना संक्रमित थपिएका छन् । सबै भन्दा बढी  मोङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ४ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८ सय ८७ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

 प्रदेश १ मा शनिबार  २ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

प्रकाशित: ४ वैशाख २०७८ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App