८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश २ मा थप ६९ जनामा कोरोना संक्रमण

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२७ जनाको नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश २, स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।  

निर्देशनालयका अनुसार कूल थपिएका संक्रमितमध्ये पर्सामा मा ५० जना छन । जसमध्ये वीरगन्ज महानगरपालिकाका ४७ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी तीन जना छिपरमाई गाउँपालिका, बहुदरमाई नगरपालिका र सखुवा परसौनी गाउँपालिकाका छन ।

परीक्षणमा बाराका ४ जना र रौतहटका ८ जनामा संक्रमण पुष्टि भएको छ । धनुषामा ४, महोत्तरीमा २, सर्लाहीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसअघि बिहीबार प्रदेश २ मा ११२ वटा नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको थियो ।  जसमध्ये नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएको ७८ नमूना परीक्षण गर्दा ४१ ज्नामा संक्रमण पुष्टि भएको थियो । जसमा पर्साको वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना थिए । बाराका ३ जना, रौतहटका २ जना, काठमाडौं र हेटौडाका २ जना, र बाँकी जनकपुरका छन ।  

कोरोनाको दोस्रो लहर सुरु भएयता परिक्षण गरिएकामध्ये आधामा संक्रमण भेटिनुले प्रदेश २ मा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।

कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ५ जनाले ज्यान पनि गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयले पनि बिहीबार मात्रै पर्सा, बारा सहितका १४ जनालाइ संक्रमणको अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ ।

प्रकाशित: ४ वैशाख २०७८ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App