१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

६ हजार ४ मा परीक्षण गर्दा ८ सय ४३ जनामा कोरोना सङ्क्रमण

कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ९ सय जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ ।  

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।  

२२६ जना निको  

यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको जनाइएको छ ।  

यसैगरी सङ्क्रमितमध्येले एक सय सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रदेश नं १ र २ मा दुई/दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् ।  

यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।  

सीमानाकामा ६४ मा सङ्क्रमण

यस्तै मन्त्रालयले नेपाल भारतका नौ सीमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा सङ्क्रमण देखिएको जनाएको छ । बेलहैया हेल्थ हेस्क रुपन्हेदीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा सङ्क्रमण देखिएको छ । अहिलेसम्म तीन सीमानाकामा ६६५ मा सङ्क्रमण देखिएको जनाइएको छ ।  रासस 

प्रकाशित: ४ वैशाख २०७८ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App