७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण

क्याप्शन

कर्णालीमा ४६ परीक्षण गर्दा २९ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण केन्द्रमा गरिएको परीक्षणमा नौजना महिला र २० जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।

पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरस सुर्खेतमा बढेको छ। सुर्खेत २०, दैलेख चार, कालीकोट तीन, जाजरकोट र कञ्चनपुरका एक/एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।  

४६ जना परीक्षण गर्दा २९ जनामा कोरोना भाइरस देखिनु सामान्य नभएको भन्दै उनले स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताए। कोरोना भाइरसका बिरामी बढ्न थालेपछि आइसोलेसन पनि भरिन थालेका छन्। प्रदेश अस्पताल कालागाउँमा ६, वीरेन्द्रनगर होम आइसोलेसनमा ६३, राजदल गण एयरपोटएमा दुई, दैलेख आइसोलेसन अस्पतालमा दुई र बिन्द्रासैनीमा एकजना कोरोना भाइरस संक्रमित उपचारत रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए।

‘अहिले शंकास्पद र कोरोना संक्रमितसँग नजिक भएकाहरुको स्वाब परीक्षण भइरहेको छ,’ उनले भने, ‘यसैगरि कोरोना भाइरस फैलिँदै गयो भने सबैतिर स्वाब संकलन हुन्छ।’

व्यक्ति–व्यक्तिबीच कम्तिमा दुई मिटर टाढा बस्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तिमा २० सेकेण्डसम्म हात धुने र घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन सरकारले मापदण्ड बनाएको छ। यसलाई लागु गरे कोरोना भाइरस संक्रमण दर घट्ने उनीहरु बताउँछन्।

प्रकाशित: ३ वैशाख २०७८ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App