coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सरकारलाई  सिफारिस गरेको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले जोखिम नियन्त्रण गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए।

‘अब ठूला सहरका विद्यालय बन्द गर्नुपर्छ। पठनपाठनलाई नियमित गर्न अनलाइनबाट गर्नुपर्छ’, मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले नागरिक न्यूजसँग भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नै पर्छ।’  

काठमाडौं उपत्यकासहित ठूला  सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालय र सिसिएमसीले सरकारलाई सिफारिस गरेको उनले बताए।  त्यस्तै उनले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरेको बताए। 

पछिल्लो समय कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ३१ चैत्र २०७७ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App