८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नगरपालिकाले आइसोलेसन सेन्टर बनाउँदै

फाइल तस्बिर

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ। विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यो निर्णय भएको हो। भारतबाट झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालन गर्न थालिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिक मध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ। यसअघि पुर्चौडी नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरेको छ। अन्य स्थानीय तहले पनि खाली रहेका भवनमा आइसोलेसन सेन्टर बनाउन थालेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: २८ चैत्र २०७७ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App