coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेपछि स्कुल, क्याम्पसलगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले सर्तकता अपनाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए।  

‘हिजो मात्रै १८ वर्ष मुनिका बालबालिकाको संक्रमण दर हिजो १६ प्रतिशत रहेको छ। अब विद्यालय बन्द गर्नुपर्छ। पठनपाठनलाई नियमित गर्न अनलाइनबाट गर्नुपर्छ’, मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले नागरिक न्यूजसँग भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नै पर्छ।’

नेपालमा कोरोना दोस्रो लहर सुरु भएकोले स्कुल, कलेज, सिनेमा हल जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आइरहेको छ। त्यस्तै  सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस पनि खुलेका छन्। हिजो मात्रै नेपालमा ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।  नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ। त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन्। 

प्रकाशित: २७ चैत्र २०७७ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App