६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

थप ३३२ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।          

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ। त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ। निको हुने दर भने ९८ प्रतिशत रहेको छ।  

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ। उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन्। हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ। त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन। 

प्रकाशित: २६ चैत्र २०७७ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App