coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चिनियाँ खोप भोलिदेखि लगाउने: १४ वटा स्वास्थ्य संस्था तोकियो

चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप भोलि (बुधबार)देखि लगाउने भएको छ। सरकारले कोभिड-१९विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ।

वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने जनाएको छ।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने छ।

प्रकाशित: २४ चैत्र २०७७ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App