coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरस उत्पत्ति रहस्यमै

कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ। संगठनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना संक्रमण अघिल्लो वर्षको डिसेम्बरमा सुरु भएको अथवा सो मितिभन्दा अघि नै फैलिएको हुन सक्ने उल्लेख छ। 

पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै संगठनका महानिर्देशक डा. टेड्रोस अथानोम घेब्रेससले यो रहस्य पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको देखिएको बताए। 

चिनियाँ वैज्ञानिकसमेत सहभागी रहेको उक्त टोलीले यो वर्षको १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको स्थलगत भ्रमण गरेको थियो। ‘भाइरस उद्गमस्थल पत्ता लगाउन समय लाग्छ र विश्वलाई हामीले यो जानकारी गराउनैपर्छ कि यसले भविष्यमा हुने जोखिमलाई न्यून गर्न सहकार्य आवश्यक छ। कुनै एउटा अध्ययनले सबै उत्तर दिन सक्दैन,’ प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक घेब्रेससले भने।  

प्रतिवेदनमा चीनको हुनान बजारमा कोभिड–१९ को व्यापक संक्रमण देखिएको तर स्रोत प्रष्ट हुन नसकेको उल्लेख छ । खाद्य शृंखलाअन्तर्गत मानिसमा उक्त भाइरस सरेको हुन सक्ने तर कुन जंगली जनावरले यो भाइरस फैलाउन कस्तो भूमिका खेल्यो भन्ने सम्बन्धमा यकिन गर्न थप अध्ययन आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ। चीनको कुनै प्रयोगशालाबाट भाइरस चुहिएको हुन सक्ने आशंका गरिएकोमा प्रतिवेदनमा उक्त सम्भावना अत्यन्त न्यून देखिएको उल्लेख छ। अध्ययन टोलीमा संगठनसहित १० देशका १७ वैज्ञानिक र चीनका १७ वैज्ञानिक सहभागी थिए।

प्रकाशित: २१ चैत्र २०७७ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App