८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

खोपमा निजी क्षेत्रलाई सहभागी गराइने

सरकारले कोभिड १९ विरुद्धको खोप अभियानमा निजी क्षेत्रलाई समेत सहभागी गराउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निजी क्षेत्रले सशुल्क खोपसेवा दिन पाउनेछ। ‘अब कोभिड १९ विरुद्धको खोप अभियानमा निजी क्षेत्रलाई पनि सहभागी गराएर जाँदैछौं’, मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने।

सरकारले तीन साताअघि नै यो निर्णय गरिसकेको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए। तर प्रक्रियाामा पुग्न भने थप चारपाँच महिना लाग्न सक्ने उनको भनाइ छ। उनका अनुसार प्राथमिकतामा नपरेका तर अहिल्यै खोप लिन आवश्यक भएका व्यक्तिका लागि निजी क्षेत्रबाट खोप दिने तयारी भएको हो।  

निजी क्षेत्र कोभिड १९ विरुद्धको खोपसेवामा सहभागी हुन निश्चित सरकारी प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रक्रिया पूरा गरेपछि मात्र सरकारले तोकेका अस्पताल तथा केन्द्रबाट खोप दिइनेछ। डा. उपे्रतीका अनुसार निजी क्षेत्रले खोपसेवा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने, खोप दिने केन्द्र दर्ता हुनुपर्ने, सरकारको सर्तअनुसार खोप भण्डारण स्थल हुनुपर्ने, सरकारले तोकेको शुल्कमा मात्र खोप दिनुपर्नेलगायतका सर्त राखिएको छ।  नजी क्षेत्रले १० प्रतिशतमात्रै नाफा लिएर यो सेवा उपलब्ध गराउन पाउनेछ। यो हिसाबले प्रतिडोज करिब २२ सय रुपैयाँ खर्च लाग्नेछ।

नेपालमा प्राथमिकतामा परेका ४० प्रतिशत जनसंख्यालाई खोप दिएपछि मात्र निजी क्षेत्रले अनुमति पाउने उपे्रतीले बताए। कोभ्याक्सले दिने र खरिद गरिने खोप नेपाल आइपुग्ने मिति निश्चित नभएपछि निजी क्षेत्रलाई खोपसेवामा सहभागी बनाउन अन्योल भएको छ। ‘गाभीबाट आउने खोपको पनि निश्चित भएको छैन, खरिदबाट आउने खोपको पनि निश्चित भएको छैन’, उप्रेतीले भने। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले थप ५० लाख खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाटै खरिद गरी ल्याउने तयारी भइरहेको आइतबार बताएका छन्।

थप ७०९ जनाको मृत्यु पुष्टि  

थप सात सय नौजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विभिन्न अस्पतालमा भएका मृत्युसम्बन्धी तथ्यांक विश्लेषण गरी कोभिड १९ को साइटमा अपलोड गर्न ढिलाइ भएपछि एकै दिन विभिन्न मितिमा ज्यान गुमाएका सात सय नौजनाको तथ्यांक अद्यावधिक भएको हो।

जिल्ला–जिल्लाबाट प्रहरी र अस्पतालहरूबाट आएका विवरण विश्लेषण गर्दा तप मृतकबारे पुष्टि भएको हो’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। मन्त्रालयको रिपोर्टअनुसार मृतक कोरोना संक्रमितको संख्या आइतबारसम्म २ हजार ७ सय ७३ पुगेको छ। आइतबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App