coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शून्य

अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सन्धिखर्क नगरपालिकाका दुईजना निको भएर घर फर्किएसंगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो। गत जेठ १२ गते पाणिनी गाउँपालिकाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितको संख्या शून्यमा झर्दा हालसम्म अर्घाखाँचीका ८ सय एक जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन अर्घाखाँचीको तथ्याङ्कमा उल्लेख छ।  

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन सय ८१, भुमिकास्थान नगरपालिकाका एक सय ३५, शितगंगा नगरपालिकाका एक सय आठ, पाणिनी गाउँपालिकाका ३३, मालारानी गाउँपालिकाका ९० र छत्रदेव गाउँपालिकाका ५४ गरी ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

भुमिकास्थान–९ ढिकुराका ३० वर्षीय पुरुषको मृत्यु भएपछि गत जेठ १६ गते अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो। शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ रहेको छ। जम्मा संक्रमित आठ सय एक जना मध्ये सत सय ८८ ले कोरोनालाई जितेका छन् भने १३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।  

अर्घाखाँचीका ६ स्थानीयतह मध्ये छत्रदेव गाउँपालिका बाहेक पाँच स्थानीयतहका १३ जनाले ज्यान गुमाएका हुन्। जसमध्ये सन्धिखर्क नगरपालिकाका ५ जना, भुमिकास्थान नगरपालिकाका ३ जना, शितगंगा नगरपालिकाका २ जना, पाणिनी गाउँपालिकाका २ जना र मालारानी गाउँपालिकाका १ जना गरी १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए।

कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकाले संक्रमितको संख्या कम भएको अर्घाखाँची अस्पतालका मेसु डा. कपिल गौतमले बताए। सचेतनाका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाइएको र नागरिक आफैले पनि सुरक्षाका मापदण्ड अपनाएकाले संक्रमितको संख्या शून्यमा झार्न सफल भएको उनले बताए। ‘कोरोना संक्रमित शून्यमा झरेका छन्, डा गौतमले भने,‘संक्रमित हुन थालेपछि पहिलो पटक क्वारेन्टिनहरु खाली भएका छन्, खुशी छौं।’ संक्रमित छैनन् भनेर लापर्बाही गर्न नहुने उनको भनाइ छ। अझैपनी उत्तिकै सचेतना उपनाउनु पर्नेमा उनले जोड दिए।  

गत माघ १५ र फागुन २ गते गरी दुई चरणमा प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप लगाईएको थियो। फागुन अन्तिम सातादेखि अर्को चरणको खोप लगाउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा गौतमले बताइन्।

प्रकाशित: १६ फाल्गुन २०७७ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App