१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

विद्यालयहरुमा स्वास्थ्य शिविर

पञ्चेश्वर गाउँपालिकाको जवलपुर माविमा सञ्चालन भएको शिविरमा स्वासथ्य जाँच गर्दै । तस्बिरः बिरा/नागरिक

स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका विभिन्न विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि  स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखा, कान र दातँको उपचार भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख यागेश भट्टले बताए । प्रत्येक स्थानीय तहको कम्तिमा एक विद्यालयमा शिविर सञ्चालन गर्ने योजना अनुसार शिविर सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जन स्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिए ।

आइतबार मेलौली नगरपालिका–२ मा रहेको धर्मघर मावि सलेनामा शिविर सञ्चालन भएकोमा दुई सय ५२ जना विद्यार्थीहरुको आँखा, कान र दातँको चेकजाँच गरिएको छ । यस्तै शिबनाथ गाउँपालिका–२ को नागार्जुन मावि शर्मालीमा १ सय बढी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४ मा रहेको जवलपुर मावि सैलोडामा पनि शिविर सञ्चालन गरिएको बताइएको छ । विद्यालयमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य शिविर सञ्चालन भएपछि विद्यार्थीहरुले सहज रुपमा स्वास्थ्य जाँच गर्न पाएका छन् । 

स्थानीय तहले सबै विद्यालयमा स्वास्थ्य शिविरको लागि पहल गर्न सके सबै विद्यार्थीले स्वास्थ्यपचार पाउने शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App