८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चिकित्सक लिएर गाउँमा सेना

कोभिड–१९ का कारण अस्पतालमा पुग्न नसकेका स्थानीयको स्वस्थ्यपरीक्षण  तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँमा पुगेको छ । स्त्री रोग विशेषज्ञ तर जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो । कोभिडका कारण जनता अस्पताल सम्म पुगेर ढुक्क संग उपचार गर्न पाएका छैनन, नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले भने, ‘जनताको स्वास्थ्य अवस्था सुधारका लागि गाउँमै विशेषज्ञ चिकित्सक लिएको हो । विशेषज्ञ चिकित्सक गाउँमै लिएर उपचार गर्दा जनता निकै उत्साहित भए ।’

जुम्लाको गठिचौर गाउँपालिका ३ गज्र्याङकोटमा सेनाले विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र २४ नम्बर फि.ए ले गाउँमै चिकित्सक पु¥यायो ।  कोभिड–१९ का कारण स्वास्थ्य संस्था र अस्पताल सम्म पुग्न नसकेका स्थानीयका लागि यो सेवा केन्द्रीत रहेको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले जानकारी दिए । उनले भने,‘जनताको हरेक सुखदुखमा साथ दिन्छौँ । सेना जनताको असल सेवक बन्न चाहान्छौँ । जनताको स्वास्थ्यमा संवेदनशिल भएर कार्य गरिरहेका छौँ । यो यसैको एक उदाहरण हो ।’

स्थानीय कृष्णबहादुर बुढाले सामान्य बिरामीको उपचार र जटिल रोगको समेत सेवा पाउँदा उत्साहित भएको बताए । ढाड दुखेको, आँखा दुख्ने र ज्वरो आउने समस्याले ग्रसित उनी गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसि लागेको प्रतिक्रिया दिए । मैले आर्थिक अभावका कारण अस्पताल सम्म पुगेर उपचार गनसकेको सकेको छैन् । उनले भने,‘सेनाले गाउँमै विशेषज्ञ चिकित्सक ल्याएर उपचार गराइदिएको प्रति निकै खुसी छु । स्वास्थ्य चेक गरेर औषधि पनि निशुल्क पाउदा दंग छौँ ।’  

गरिबलाई यो शिविरले गाउँमै अस्पताल खुलेको जस्तो अनुभति गराएको उनी बताउँछन् ।  तल्लो पेट र छाति दुख्ने समस्या लिएर आएकी ललिता बुढा गाउँमै उपचार सेवा पाउदा खुसि भइन । उनले भने,‘आर्थिक अभाव र बेफुर्सदीका कारण अस्पताल जान सकेको थिइन । रोग पालेर बेसकी थिए । बल्ल सेनाको सहयोगमा चेकजाँच गराए । औषधि उपचार पाए ।’ उनले नेपाली सेना त जनताको सुखदुखको सारथी रहेको अनुभुति दिलाएको बताइन  ।  

श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा विशेषज्ञ स्वास्थ्य सेवाले निकै राहत मिलेको बताए । उनले भने,“कोभिडका कारण स्थानीय अस्पताल सम्म पुग्न सकेका छैनन । रोग बोकेर गाउँमै थन्किएका छन ।  आर्थिक अभावका कारण सवै नागरिक स्वास्थ्य सेवाको पहुँच सम्म पुग्न सकेका छैनन् । त्यसका लागि यो नेपाली सेनाले दिएको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्धिपूर्ण हुनेछ ।’

गाउँमा सेवा दिदै गर्दा उपचार हुन नसकेका बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरेर उपचार हुनेछ । विहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म विशेषज्ञ सेवा दिइएको छ ।  

बाहिनीपति सापकोटाले थपे, ‘खेतिपातीमा व्यस्त रहेर अस्पताल जान नसकेका र घरायसी कामका कारण स्वास्थ्य सेवा लिन नसकेका बिरामीको लागि लक्षित गरेर विशेषज्ञ सेवा प्रदान गरिएको हो । स्थानीय पनि निकै उत्साहित भएर स्वास्थ्य सेवा लिन सहभागि भए । नितान्तै खुसि छौँ । ’

उनले भने,‘मानव जीवनमा स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो । जव मान्छे पुर्णरुपमा स्वास्थ हुन्छ । तब मात्र सामाजिक, आर्थिक क्रियाकलापमा सक्रिय हुन सक्छ । त्यसैले नियमित चेकजाँच गर्न र स्वास्थ्य प्रति संवेदनशिल बन्न यो विशेषज्ञ सेवाले महत्वपुर्ण अर्थ राखेको छ ।’

गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवा मार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको बताए । उनले भने, ‘नेपाली सेना पटक पटक गाउँपालिकामा आएर हरेक बिषयमा तालिम प्रशिक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको छ । यो राम्रो बिषय हो । आगामी दिनमा भौतिक पुर्वाधार निर्माण र सचेतनाका क्रियाकलापमा सहकार्य गर्ने छौँ ।’

शिविरले स्वास्थ्य सेवा मार्फत जनताको मन जीत्न लागिरहेको उनले बताए । वडाध्यक्ष प्रेमबहादुर बुढाले गाउँमा सेनाको स्वास्थ्य शिविर बसेर विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउँदा उत्साहित बनाएको बताए  । उनले भने,“पहिले सेना देख्ने वित्तिकै त्रासिद हुनुपर्ने अवस्था थियो । यो शिविर पछि सेना देख्ने वित्तिकै आशा र भरोसा लाग्ने वातवरण बन्यो । ”

गाउँमा पुगेका चिकित्सकले ४ सय ३८ जनाको उपचार गरेका छन् । जसमा महिला १ सय ५१ र पुरुष २ सय ३५ र बालबालिका ५३ जनाले विशेषज्ञ सेवा लिएका हुन ।  बाहिनीपति सापकोटा र गणपति रायमाझी गाउँमै खटिएर स्वास्थ्य सेवा दिएका हुन् ।  बाहिनीपति सापकोट जुम्लाका एक नगरपालिका सहित ७ बटै गाउँपालिकामा पुगेर जनता संगको भेटघाट, छलफल र सम्बन्ध सुधारका क्रियाकलापमा सहभागि भइसकेका छन् ।   अधिकांश महिलाहरुमा पाठेघरको समस्या भेटिएको स्त्रीरोग विषशज्ञ डाक्टर सुबी बस्नेत बताउँछिन ।   स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिला मध्ये करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सरको जोखिम,सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्तश्राव हुने समस्या बढी देखिएको उनले बताइन ।

३५ देखि ४० र ६० वर्ष मुनिका महिलामा बढी पाठेघरको समस्या देखिएको स्त्रीरोग विशषज्ञे डाक्टर बस्नेको भनाई छ । उनिहरुलाई आबश्यक औषधी र कामसंगै प्रयाप्त पोषिला खानेकुरा खान र आराम गर्न समेत सम्झाइएको छ ।

स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु,कार्यभार धेरै हुनु,चुरोट तमाखुको प्रयोग गर्नु,भारी बोक्नु आराम नगर्नु लगायतका कारणले दुर्गमका महिलाहरुमा पाठेघर क्यान्सरको जोखिम बढ्ने गरेको डाक्टर बस्नेतको भनाइ छ ।

सेवा लिएका पुरुष,बालबालिका,यूवा युवतीहरुमा,ग्याष्ट्रिक,हाडजोर्नी,छाती दुख्ने लगायतका समस्या बढी देखिएको डाक्टर हेमन्त चौधरी बताउँछन ।  उमेर नपुग्दै सानैमा विवाह,आराम भन्दा काम बढी गर्नाले पाठेघरमा समस्या हुने गरेको छ । यसको रोकथामका लागि गाउँगाउँमा सचतना चेतनामुलक कार्यक्रमहरु बढाउनु पर्ने उनी बताउँछन ।  

प्रकाशित: १० फाल्गुन २०७७ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App