७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।  

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App