coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिविरमा १ सय ४४ जनाको उपचार

बाक्सिलामा आयोजित स्वास्थ्य शिविरमा उपचार गराउँदै स्थानिय। तस्बिर: नागरिक

खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ। स्वास्थ्यको पहुँचबाहिर रहेका सर्वसाधारणलाई लक्ष्य गर्दै जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा विशेषज्ञसहितको स्वास्थ्य शिविर सुरु गरेको हो।

विशेषज्ञ डाक्टरसहितको शिविरको पहिलो दिन १ सय ४४ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए।  शनिबार सुरु गरिएको स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सरको अवस्थाबारे थाहा पाउन १० जनाको सभाइकल टेस्ट, १८ जनाको भिडियो एक्स–रे, एक सयजनाभन्दा बढीको आँखा जाँच, ३२ जनाको ३६ वटा दाँत फुकालिएको, १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका १७ जना बिरामी बालबालिकाको चेकजाँच गरिएको छ।

शिविरमा आँखाको शल्यक्रिया गर्नुपर्ने सातजना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए। स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए। दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियानअन्तर्गत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो। 

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ। गत बुधबार र बिहीबार ऐंसेलुखर्कको एेंसेलुखर्क बजारमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

 शिविरमा एक एमडिजिपी, दुईजना मेडिकल अफिसर, एकजना बालरोग विशेषज्ञ, एकजना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए।  

जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेंसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App