९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अस्पताललाई ज्योती बिकास बैंकको बेबी वार्मर

जिल्ला अस्पताललाई प्रदान गरिएको बेबी वार्मर । तस्बिर : नागरिक

खोटाङको दिक्तेलमा सञ्चालित ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा ज्योती बिकास बैंकले जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको हो ।  

राष्ट्रिय आविस्कार केन्द्रका प्रतिनिधिको उपस्थितिमा ज्योती बिकास बैंकका ब्राण्डिङ हेड कुशलजङ अधिकारी र शाखा दिक्तेलका प्रमुख रोहित दाहालले अस्पतालका प्रमुख डा. बैभव मल्लिकलाई बेबी वार्मर हस्तान्तरण गरेका छन् । एक वटा बेवी वार्मर थपिएसँगै जिल्ला अस्पतालमा बेवी वार्मरको संख्या चार पुगेको जिल्ला अस्पतालका प्रशासन अधिकृत रविन फुयाँलले बताए । नवजात शिशुलाई न्यानो बनाएर राख्नका लागि बेबी वार्मरको प्रयोग गरिन्छ ।

प्रकाशित: १ फाल्गुन २०७७ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App