कोभिड १९ विरुद्धको खोप अभिायनको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १२ सय ५५, प्रदेश २ मा ७ सय २६, वाग्मतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो ।
अभियानको पहिलो दिन चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सीमा नाकाका कर्मचारी, वृद्धाश्रमका कर्मचारी, जेलका कैदी, स्वास्थ्य स्वयंसेविका, खोप केन्द्रमा खटिने स्वयंसेवक, फोहोर संकलक, शव वाहन र एम्बुलेन्सका चालक तथा शव व्यवस्थापकले खोप लगाउनेछन् । १० दिनभित्र सकिने पहिलो चरणको अभियानमा सरकारले देशभरिमा ४ लाख ३० हजार व्यक्तिलाई खोप दिने लक्ष्य लिएको छ ।
कोभिड १९ विरुद्धको खोप अभिायनको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १२ सय ५५, प्रदेश २ मा ७ सय २६, वाग्मतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो ।
अभियानको पहिलो दिन चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सीमा नाकाका कर्मचारी, वृद्धाश्रमका कर्मचारी, जेलका कैदी, स्वास्थ्य स्वयंसेविका, खोप केन्द्रमा खटिने स्वयंसेवक, फोहोर संकलक, शव वाहन र एम्बुलेन्सका चालक तथा शव व्यवस्थापकले खोप लगाउनेछन्। १० दिनभित्र सकिने पहिलो चरणको अभियानमा सरकारले देशभरिमा ४ लाख ३० हजार व्यक्तिलाई खोप दिने लक्ष्य लिएको छ।
प्रकाशित: १५ माघ २०७७ ०९:१७ बिहीबार